दफा १५
संस्थानको आर्थिक वर्ष र वार्षिक प्रतिवेदन
(१) संस्थानको आर्थिक वर्ष नेपाल सरकारको आर्थिक वर्ष सरह हुनेछ ।
(२) संस्थानले प्रत्येक आर्थिक–वर्ष अन्त भएको छ महिनाभित्र आफ्नो आर्थिक स्थिति र आफ्नो कामको वार्षिक प्रतिवेदन नेपाल सरकारमा पेश गर्नेछ ।